मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

श्रीमानले वास्ता नगरेपछि मृगौला पिडित टिकाको बिजोग, उपचारको लागि आर्थिक सहयोगको माग

उदयपुर/आसोज, ६

३ बर्षदेखि बैदेशिक रोजगारमा कतार पुगेको श्रीमानले वास्त नगरेपछि दुवै मृगौला पिडित टिका बस्नेत एतिवेला बिजोक अवस्थामा रहेकी छिन् । चौदण्डीगढी नगरपालिका वडा नं ९ हडियाका तेज बहादुर थापासँग मागी बिबाह गरेकी बस्नेत अहिले श्रीमानको सहारा नपाएपछि आफुलाई माइती र आफन्तहरुले बचाँईरहेको बताउँछिन् । उदयपुरगढी गाउँपालिका वडा नं ७ बिजनबारी नेपालटारमा रहेको माइती पक्ष र आफन्तहरुको कारण अहिले सम्म बाँच्न सकेरहेको उनीले बताईन् ।

उपचारको क्रममा लाखौँ खर्च सकिएपछि बिगत ४ बर्ष देखि दुवै मृगौला फेल भएकी बस्नेतको आर्थिक समस्याका कारण अहिले उपचारमा समस्या आएको छ । श्रीमालने आफुले अर्कै बिबाह गरिसकेको भन्दै उनिको वास्त व्यस्त गर्न छाडेको र त जे सुकै गर मलाई तेरो कुनै मतलव छैन तलाई म अब केहि गर्न सक्दिन भन्दै थप पिडा दिएको उनिले बताईन् ।

१ बर्ष सम्म श्रीमानले नै उपचार खर्च गर्दै आएको भएता पनि ३ बर्ष यता देखी यस्तो कुरा गर्दै आएको उनिले बताईन् ।

श्रीमानले यस्तो गरेपछि  ५ बिर्षिय १ छोरी सहित आफ्नो बिचल्लीत भएको भन्दै सबै सँग श्रीमान लाई बैदेशिक रोजगार बाट झिकाई आफ्नो उपचारको व्यवस्था मिलाइदिन र सबैले आर्थिक सहयोग गरिदिन उनिले अनुरोध गरिन ।

आर्थिक अवस्था कम्जोर भएर मृगौला फेर्न नसकिरहेकी टिका बस्नेतले एतिवेला टिचिङ हस्पिटल महाराजगञ्ज काठमाण्डौमा निरन्तर डायालासिस र पिस्टुला राखेर बाँचिरहेकी बताईन् । आफु बाँच्न चाहाने र छोरीको बविष्यलाई सुन्दर बनाउने सपना बोकेकी उनिको मृगौला प्रत्यारोपन गराउन २० देखी २५ लाख खर्च जुटाउन डाक्टरले सल्लाह दिएको छ ।

अहिले सम्म १४ लाख भन्दा बढी खर्च भईसकेको र आफ्नो आर्थिक अवस्था राम्रो नभएको कारण आफ्नो जिन्दागी बचाउन सबै सँग आर्थिक सहयोगको माग गरेकी छिन् । उनिले तत्कालै श्रीमानलाई बैदेशिक रोजगारबाट झिकाई आफ्नो जिवन रक्षा र छोरीलाई पठनपानको व्यवस्थाका लागि वातावरण मिलाईदिन सम्पूर्ण सम्बन्धित निकायहरु सँग अनुरोध गरेकी छिन् । आईतबार पत्रकार सम्मेलन गरी उनिले यस्तो अनुरोध गरेकी छिन् ।

 

प्रतिक्रिया

%d bloggers like this: