शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

सडक मर्मत गर्न सिटि स्टारको माग

उदयपुर, असोज ७ गते । 

उदयपुरमा सडक मर्मत नर्गका लागि सम्बन्धित निकायलाई सिटि स्टार प्रालिले ध्यानकर्षण गराएका छन् । सरमुकाम गाईघाटको मेन सडकसमेत मर्मत नभएपछि सडक पूर्णरुपमा मर्मत गर्नका लागि मंगलबार सिटि स्टार प्रालिले ध्यानाकर्षण गराएको हो ।

गर्भवती, जेष्ठ नागरिक, अपाङ असहाय, सुत्केरी यात्रुलाई यात्रा गर्न असहज भएपछि यात्रुको पिडालाई विशेष मध्येनजर गर्दै त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएको सिटि स्टार प्रालिले जनाएको छ ।

दक्षिण–उत्तर सगरमाथा राजमार्ग र पूर्व–पश्चिम मदन भण्डारी राजमार्गले क्रश गरेको गाईघाट बजार भित्रका सडकको काम स्थानीय तहले गर्न नमिल्ने भएकाले मर्मत नगरिएको त्रियुगा नगरपालिकाका मयेर चौधरीले बताए । त्यो भन्दा बाँकि सडकहरुको काम तत्काल मर्मत सम्भार सुरु गर्ने उनले बताए ।

अवको करिब ६ महिना भित्र कुनै पनि सडकमा समस्या नआउने आश्वाससमेत दिएका छन् । दुई वटा हाईवेले क्रश गरेको गाईघाट बजार भन्दा भित्रको सडक मर्मत सम्भारको लागि नगरले नगरसभाबाट बजेट नै विनियोजन गरिसकेको मेयर चौधरीले बताए  ।

सिटि स्टार प्रालिले त्रियुगा नगरपालिका, जिल्ला प्रशासन कार्यालय उदयपुर र जिल्ला प्रहरी कार्यालयमा ध्यानाकर्षण पत्र बुझएको थियो ।

सदरमुकामदेखि आसपासको बजारमा सिधा प्रत्यक्ष यात्रुलाई सहज रुपमा सेवा प्रवाह गरिरहेको सिटि स्टार प्रालिले गर्भवती, सुत्केरी, जेष्ठ नागरिक, अपाङ्ग तथा असहाय यात्रुलाई विशेष मध्येनजर गर्दै सडक मर्मतका लागि ध्यानाकर्षण गराएको सिटि स्टार प्रालिका अध्यक्ष जिवछकुमार झाले बताए ।

यात्रुको समस्यालाई मध्ये नजर गर्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको सिटि स्टार प्रालिका कोषाध्यक्ष नारायणप्रसाद दाहाल बताए । यदि सुनवाई भएन भने अग्रीम जानकारी गराएर सडक नै बन्द गर्ने उनले बताए । सडक कालोपत्रे गर्न नसकेपनि कम्तिमा ग्रावेल गरी खाल्टा खुल्टि पुरेर भएपनि सुधार गर्नु पर्ने कोषाध्यक्ष दाहालले बताए ।

सडकको कारणले हामी अटो चालकहरुले यात्रुको गाली खानु पर्ने बाध्यता छ । मेन बजारकै सडक खाल्टा खुल्टि भएपछि अन्य सडकको त कुरै नगरौँ कोषाध्यक्ष दाहालले भने । नेपालीहरुको महान चाड दशैँ, तिहार र छैठ भित्रनै लाग्दा समेत पनि सम्बन्धित निकायले सडक मर्मतमा ध्यान नदिएकाले ध्यानाकर्षण पत्रद्धारा ध्यानाकर्षण गराएको उनले बताए ।

सरकारलाई ट्याक्स तिरेका छाँै । कम्तिमा पनि सडक व्यावस्थीत गर्नु प¥यो नि कोषाध्यक्ष दाहालले भने । यात्रुले सहज रुपले यात्रा गराउनको निम्ति हामी लागि परेको उनले बताए । “स्वच्छ, सुन्दर र शान्त त्रियुगा नगरी, समतामूलक सम्बृद्ध समाज हाम्रो जिम्मेवारी” भन्ने नाराको लक्ष्यलाई पुरा गर्नका लागि बजार क्षेत्रको खाल्टा खुल्टि, धुवाँ धुलो व्यावस्थापन गर्न ध्यानाकर्षण गराएको उनले बताए ।

अहिले सिटि स्टार प्रालिद्धारा तीन पाङ्ग्रे अटो, सिटी करिब ८२ वटा सवारी साधन संचालनमा रहेको अध्यक्ष झाले बताए । सदरमुकामदेखि सिधा यात्रुलाई प्रत्यक्ष रुपमा बेल्टार, नेपालटार, मुर्कुची, साउने, रौता, जोगिदह लगायतका क्षेत्रहरुमा सेवा प्रवाह गरिरहेको उनले बताए ।

प्रतिक्रिया

%d bloggers like this: