शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

मरेको हात्ती भेटियो, दाँत र पुच्छर गायब

गाईघाट-उदयपुरमा शुक्रबार साँझ मृत अवस्थाको एउटा जंगल हात्ती फेला परेको छ । उदयपुरको पूर्वि क्षेत्र बेलका नगरपालिका–८ मा पर्ने माछापुछे« सामुदायीक वन क्षेत्रमा मृत अवस्थाको जंगली हात्ती फेला परेको छ ।

स्थानीयवासीले देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए । हात्तीको पुच्छर र दारा भने काटिएको अवस्थामा रहेकोले तस्करले गायव पारेको अनुमान गरिएको छ । हात्तीको दारा र पुच्छरकै लागि चोरी सिकारीले मारेको हात्ती मारेको हुनसक्ने अनुमान गरिएको छ ।

हाती के कसरी मरेको भन्ने पत्ता लगाउन प्रहरी र वन कर्मचारीहरु खटिरहेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । घटना बारे अनुसन्धान गर्न सेक्टर वन कार्यालय सुन्दरपुर र सेक्टर वन कार्यालय चक्रघटी सुनसरीको टोलीसमेत खटिएको जिल्ला वन अधिकृत विष्णुप्रसाद बरालले बताए ।

मृत हात्तीको पोष्टमार्टमका लागि कोशी वन्यजन्तु आरक्षणको पशु चिकित्सकको टोली झिकाईएको जनाइएको छ ।

प्रकाशित मिति – २०७४ असोज ७ गते

प्रतिक्रिया

%d bloggers like this: