मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

धनकुटामा १९ हजार बोट गाँजा फडानी

असोज ९ गते ।

धनकुटाको शहिदभूमीमा अवैध रुपमा लगाएका तथा प्राकृतिक रुपमा उम्रिएका करिब १९ हजार गाँजा प्रहरीले फडानी गरेको छ । शहिदभूमी गाउँपालिका–१ र साँगुरीगढी गाउँपालिका–९ का विभिन्न ठाउँमा प्रहरीले बुधबार गाँजा फडानी गरी नष्ट गरको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी त्रिवेणीबाट खटेका प्रहरी टोलीले शहिद गाउँपालिका–१ को देउराली र घंगरुवामा उम्रिएका करिब ६ हजार २० बोट र जिप्रका धनकुटा र ईलाका प्रहरी कार्यालय भेडेटारको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–९ आहालेमा १३ हजार ९ सय ९० बोट गाँजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: