शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

गाँजा सहित १ जना पक्राउ

सुनसरी, असोज ११ गते ।

सुनसरीको दुहवीबाट लागु औषध गाँजासहित एक जना पक्राउ परेको छ । दुहवी नगरपालिका–७ भलुवाबाट स्थानिय ६५ वर्षीय हकिम पासवान पक्राउ परेको हो ।

विशेष सुचनाको आधारमा विहिबार राती करिब ८ बजे १  केजी गाँजा सहित पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दुहवीबाट खटेका प्रहरी टोलीले पासवानको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको गाँजा बरामद गरको प्रहरीले नजाएको छ ।

पक्राउ परेको पासवानलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: