शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

आगलागीबाट १० लाख बराबरको क्षति

सुनसरी, असोज ११ गते ।

सुनसरीको रामधुनीमा आगलागी हुदा करिब १० लाख बराबरको क्षती भएको छ । रामधुनी नगरपालिका–६ नुनिगाऊ निबासी मदन कुमार खड्काको घरमा आगलागी हुँदा उक्त क्षति भएको हो ।

शुक्रबार विहान करिब सवा ११ बजे खड्काको घरमा एक्कासी बिद्युत सर्ट भई लागेको थियो । आगलागीबाट टिनको छाना भएको १ तले कच्ची घर पुर्ण रुपमा जलेर नष्ट हुँदा उक्त बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट २ वटा बाख्राको पाठा समेत जलेर मरेको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान पौने १२ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: