शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

एकतर्फी बाँधले गाउँ जोखिममा

उदयपुर, असोज ११ गते । 

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ को बोझे गाउँमा त्रियुगा नदीको एकतर्फी बाँध निर्माणका कारण गाउँ जोखिममा परेको छ । पर्याप्त पानी बहने ठाउँसम्म नराखी एकतर्फी बाँध निर्माण गरिदा बोझेगाउँ उच्च जोखिममा परेको स्थानीय सुवास राउतले बताउनुभयो ।

गाउँभन्दा केहीमाथि नदिको उत्तरतर्फ एकतर्फी बाँध लगाएपछि दक्षिणतर्फको गाउँ जोखिममा परेको छ । बाँधका कारण पानीको वहाव गाउँतर्फ फर्केको छ । दुईदिनदेखिको वर्षाका कारण त्रियुगामा आएको बाढीले गाउँतर्फ कटान गरिरहेको छ । बाढीले स्थानीय मिना पोखरेलको खेती योग्य जमिन कटान भईरहेको छ । सामान्य बाँधले गाउँमा बाढी पस्नबाट रोकेपनि त्यसले धान्ने अवस्था कम भईसकेको छ । त्याँहा बाँध फुटेको खण्डमा बोझे गाउँ लगायत त्यस आसपासका चार गाउँमा क्षती पुग्नेछ ।

नदिलाई कम्तिमा दुईसय मिटर पर्याप्त पानी बग्ने ठाउँ राख्नुपर्नेमा करिब ५० मिटर मात्र छाडेर बाँध लगाईएको छ । पहुँचको भरमाऐलानी लग्गा बचाउन नदिभित्रै बाँध बाँधिदा गाउँ जोखिममा परेको गुनासो स्थानीय मिना पोखरेलले गर्नुभयो ।

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय जनकपुरको बजेटबाट निर्मित बाँधले पिडित भएको भन्दै गाउँलेहरुले बाँध दुबैतर्फ एकसाथ र एकनासरुपले निर्माणको माग गरेका छन् । साथै नदिलाई पर्याप्त बहाव ठाउँ दिनुपर्ने र हाल बाँढीले क्षती पुर्याएको स्थानमा तत्काल बाँध लगाई गाउँमा हुने क्षती रोक्न माग गाउँलेको छ ।

प्रतिक्रिया

%d bloggers like this: