सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

वडाले ल्याए संघ, प्रदेश र स्थानीय सरकारले नल्याएको निति तथा कार्यक्रम

राजेन्द्र दुष्ट

बेल्टार/असोज १२ गते ।

अहिलेसम्म तीनै तहका सरकारले नल्याएको निति तथा कार्यक्रम चौदण्डीगढी नगरपालिकाको ६ नम्बर वडाले ल्याएको छ । ईतिहासमै पहिलो पटक वडाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको योजनाहरु ल्याएको वडाध्यक्ष कमलध्वज राईले दावी गरेको हो ।

सर्वसाधारण गरिव निमुखा जनताका छोरा/छोरी पढ्ने थलोको रुपमा रहेको  सरकारी विद्यालयमा सरकारले कक्षा १ देखि १० कक्षासम्मैका विद्यार्थीलाई पाठ्यपुस्तक निशुल्क उपलब्ध गराउँदै आएको छ । पुस्तकको अलावा पठनपाठनमा आवश्यक पर्ने कलम, कपि पनि विद्यार्थीले निशुल्क पाउने भएको हो । वडाले निशुल्क दिन लागेको कलप, कपि आवश्यक परेको बेला तुरुन्तै उपलव्ध हुने गरि योजना ल्याईएकोे वडाध्यक्ष राईले बताए ।

नेपालमै पहिलो पटक र देशमै अहिले सम्मकै उत्कृष्ठ योजना ल्याएको वडाध्यक्ष राईले बताए । अहिलेसम्म कुनै स्थानीय तह, प्रदेश र संघले ल्याउन नसकेको कार्यक्रम वडाले ल्याएर सञ्चालनमा ल्याईसको  छ ।  वडाका सवै  सरकारी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले उक्त सुविधा पाउने भएका छन् । वडाको  आँपखहरे सावउसको १३ औँ वार्षिक साधारणसभामा शुक्रबार आयोजित कार्यक्रमको अवसरमा वडाध्यक्ष राईले सो विषयहरुवारे जानकारी गराएको हो ।

वडाध्यक्ष राईले भने, “बालबच्चाहरुले आफ्नो अभिभावकहरुलाई दैनिक १०/२० रुपैया टड/कपि निन्ने पैसा मागि रहदा कतिपय अभिभावकसंग नहुन पनि सक्छ त्यसैले त्यो रुपैया पनि नभएको अवस्थामा आफ्नो बालबच्चाहरुलाई स्कुल पढ्न जानबाट बन्चित नहोस् । बरु त्यो पैसाले भएमा सकेसम्म खाजा नास्ता खान पुगोस भन्ने सोचले यो कार्यक्रम लागु गरिएको हो ।” आफ्नो बालबच्चालाई राम्रो गरी पढाइलेखाई गराईएमा भविस्यमा अभिभावकलाई वृद्धाआश्रमा नपु¥याउने समेत जिकिर गरे । अध्यक्ष राईले विद्यालय क्षेत्रमा मात्र हैन अन्य क्षेत्रमा पनि त्यसैगरी प्रभावकारी योजनाहरु ल्याएका छन् ।

आमालाई सम्मानस्वरुप ५ हजार

आमाहरुलाई सम्मानस्वरुप पनि उत्तिकै प्रभावकारी कार्यक्रम ल्याका छन् । अहिले सम्म राज्यले सञ्चालन गरेको कार्यक्रमहरु  कुनै पनि प्रभावकारी नभएको ठहर गर्दै वडाध्यक्ष राईले अबको प्रत्येक टोल विकास संस्थाहरुमा एक/एक जना महिलालाई  स्वास्थ्य स्वयम सेवकको तालिम दिई उनीहरुलाई स्वास्थ्य सेवकको रुपमा नियुक्ति गर्ने र उनिहरुको काम कर्तव्य भनेको सुत्केरी आमाहरुलाई र सुत्केरी अवस्थाका रहेका आमाहरुलाई रेखदेख गर्ने र ति स्वयम सेवकले आफ्नो घर परिवार टोल छिमेकमा जो कोही आमा/बुहारीहरुलाई गर्भवती भएको अवस्थामा सजक र चेतना दिने गरि भविस्यमा बालबच्चाहरु कुपोषणबाट ग्रस्त नहोस् भन्ने उदेस्यले सो कार्यक्रको व्यवस्था गर्न लागेको बताए । तर भविस्यमा प्रत्येक घर/घरमा एक जना स्वास्थ्य स्वयम सेवक राख्ने योजना रहेको पनि बताए । अबका दिनमा शिशु र आमा दुवैको स्वास्थ्यलाई ख्याल गर्दै कुपोषणबाट बच्न बचाउन  प्रोत्साहन स्वरुप प्रत्येक सुत्केरीलाई ५ हजार नगद दिईने छ र सुत्केरी आमाले चाहेको जस्तो आफ्नो ईच्छा अनुसारकोे  चिज किनेर खान सकोस् भन्ने लक्ष्यकासाथ  कार्यक्रम बनाएको बताए ।

 

पूर्वाधार 

आफ्नो वडाको मुख्य बेल्टार बजार क्षेत्रभित्रका बाटोहरुलाई ढल सहितको सबै बाटोहरुलाई चालु आर्थिक वर्षभित्रै सक्ने गरी पक्कि/पिच बनाउने उद्घाष गरे । वडा भित्रको रमणिय (पिक्निक स्पट) क्षेत्र कुवाखानीलाई विशेष पर्यटकीय क्षेत्र बनाउनको निम्ति प्रदेश सरकार र नगरपालिकाबाट ५०/१५ लाख रुपैया बजेट विनियोजन भएकोले तिनलाई पनि हराभरा बनाउदा कतिपयले स्थानीयरुपमै रोजगारको व्यवस्था गर्न सकिनेपनि बताए ।

त्यसैगरी मदन भण्डारी लोकमार्गको आसपासमा भएको निर्माणाधिन शसस्त्र बेसक्याम्पको छेवैमा रहेको खाली जग्गामा चौदण्डीगढी दरवार पार्क संग्राहलय निर्माण गर्ने  योजना रहेको वडाध्यक्ष राईले जानकारी दिए । सबै क्षेत्रबाट ६ नं. वडा उपयुक्त वडा भएकोले यहाँ निकै प्रचुर संभावनै संभावना भएकोले आफ्नो कार्यकालमा पुरा हुन नसकेका योजनाहरु आउने अध्यक्षले अवश्य पुरा गर्ने अपेक्षासमेत जनाए ।  वडाध्यक्ष राईको वडा भने भौगोलिक आधारमा बजार क्षेत्र शिर पर्छ भने दक्षिणी तर्पm सिरुवानी र पश्मि क्षेत्रमा सातधारे बस्तिहरु पर्दछ । भौगोलिक रुपमा ३ तिर भएपनि ईच्छा शक्ति हुनु पर्छ ।

प्रतिक्रिया