सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

दिवसमा रक्तदान कार्याक्रम

विराटनगर, असोज १४ गते ।
६४ औँ प्रहरी दिवसको अवसरमा १ न. प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला रेडक्रस सोसाईटी मोरङको सहयोग तथा १ नं प्रदेश प्रहरी तालिम केन्द्रको प्राङ्गनमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
रक्तदान कार्यक्रममा एक सय आठ प्रिन्ट रगत संकलन भएको प्रहरीले आयोजकले जनाएको छ । उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक पुरोषोत्तम कडेल, अन्य प्रहरी अधिकृत तथा जवानहरु र प्रशिक्षार्थी प्रहरी जवानहरुले रक्तदान गरेका थिए ।

प्रतिक्रिया

%d bloggers like this: