सोम, जेष्ठ १९, २०७७
Mon, June 1, 2020

“मिलन स्मारिका” लोकार्पण

उदयपुर, असोज १५ गते ।
कर्मचारी मिलन केन्द्र उदयपुरले नेपाल पर्यटन भ्रमण बर्ष २०२० लाई लक्षित गरी प्रकाशन गरेको मिलन स्मारिका आज लोकार्पण भएको छ ।
केन्द्रको आफ्नै हलमा विशेष कार्यक्रमको आयोजना गरी स्मारिकाको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथिहरुले एकसाथ स्मारिकाको लोकार्पण गरेका थिए । प्रमुख अतिथि जिल्ला न्यायाधिश मनोज केसी, विशेष अतिथिहरु धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, नेपाली सेनाको १८ नंं बाहिनी भुल्केका बाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटा, प्रजिअ ध्रुबबहादुर खड्का लगायतले संयुक्तरुपमा स्मारिकाको लोकार्पण गरेका थिए ।

जिल्लाका ८ वटै स्थानीय तहका पर्यटकिय क्षेत्रलाई समेटेर प्रकाशन गरिएको स्मारिका एक सिर्जनशिल र महत्वपूर्ण रहेको बताइएको छ ।
मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपानका अनुसार स्मारिकाको पहिलो भागमा सरकारले पर्यटकिय क्षेत्रकोरुपमा अघि बढाउने गरी घोषणा गरेको प्रमुख १ सय गन्तव्य मध्येको एक उदयपुरगढीलाई समेटिएको छ । त्यसैगरी ऐतिहासिक धार्मिक तथा पर्यटकिय क्षेत्रको महत्व बोकेको रौतापोखरी, ताप्लिपोखरी, चौदण्डीगढी, मैनामैनी, भुगोलपार्क, श्रमिकपार्कलाई पनि पहिलो भागमै समेटिएको छ ।

स्मारिकामा विभिन्न क्षेत्रमा अनुभव प्राप्त विज्ञहरुको लेख रचना समावेश छन् । स्मारिकामा नेपालको प्रशासनिक क्षेत्र, न्याय, कृषि, पशु, उदयपुर जिल्ला र प्राकृतिक विपत्ति, पैतृक सम्पती हस्तान्तरण करको वहस, आयुर्वेद, जलवायु परिवर्तनका सवाललाई मुख्यरुपमा उठान गरिएको छ ।
त्यसैगरी लागुपदार्थ दुव्र्यसन, उदयपुरको परिचय, सामाजिक सञ्जालले निम्त्याएका असर, वैदेशिक रोजगार, युवापुस्ताका चुनौती, सार्वजानिक चासको बिषयहरु, स्थानीय तहका अवसर र चुनौती, कृषि क्षेत्रमा देखिएका समस्या, उदयपुर जिल्लाको विकास लगायतका कथा, कविता, मुक्तक पनि राखिएका छन् । १ सय ६७ पृष्ठ लामो स्मारिकामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतका व्यक्तिहरुको शुभकामना सन्देश छन् ।

प्रतिक्रिया

%d bloggers like this: