बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

माछा मार्दा करेन्ट लागेर १ जनाको मृत्यु

झापा/ असोज १६ गते ।
झापाको दमकमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–५ संगम टोल निबासी चिन्टु माझीको मृत्यु भएको हो ।
मंगलबार राती १० बजे घर अगाडीको नालिमा जमेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक्कासी चिप्लिएर पानीमा लड्दा करेन्ट लागेर ४० बर्षीय माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाईते भएको माझिको दमकको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
घटनाको जानकारी पाउना साथ प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: