बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

अमरत्वको सम्मान, असल कामको प्रशंसा गर्दै प्रहरी दिवस मनाइयो

उदयपुर, असोज २४ ।
अमर प्रहरीहरुको स्मरण र असल तथा प्रशंसनीय काम गरेकालाई सम्मान गर्दै ६४ औं प्रहरी दिवस उदयपुरमा मनाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिवसको अवसरमा कार्यक्रमको आयोजना गरी अमर प्रहरीको स्मरण गर्दै असल र प्रसंशनीय काम गरेका प्रहरीहरुलाई पुरस्कारसहित सम्मान गरिएको हो ।
दिवसको अवसरमा एसपी मगरको संवोधनको भिडियो लिंक
https://www.facebook.com/Purnapusti420730/videos/732598143873779/
कार्यक्रममा काम र कर्तब्य पुरा गर्नेे सिलसिलामा उदयपुरमा अमरत्न प्राप्त गर्ने .प्रहरी सहयाक निरिक्षक स्वर्गिय पूर्णबहादुर गिरी, प्रहरी हवल्दारहरु स्व. गणेश पौडेल र गोरशबहादुर राई, प्रहरी जवानहरु स्व. राधाकृष्ण राई, स्व. राजन दाहाल, स्व. भक्तबहादुर वि.क. र उमेश ढकाल को स्मृति गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का लगायत उपस्थित सुरक्षाप्रमुख, राजनीतिक दल, जनप्रतिनधि, कार्यालय प्रमुख, नागरिक समाज, भुुुपु प्रहरी, सहिद प्रहरी परिवार, पत्रकार लगायतले अमर प्रहरी स्तम्भम फुलमाला, अबिर चढाई अमर प्रहरीहरुको स्मृति गर्दै सम्मान गरेका थिए ।

त्यसैगरी कार्यक्रममा असल र प्रशंसनीय काम गरे वापत जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत आठ जना प्रहरी पुरस्कृत भएका थिए । पुरस्कृत हुनेहरुमा प्रहरी निरिक्षक ज्ञानबहादुर माझी, प्रहरी नायव निरिक्षक इन्द्रदेव यादव, प्रहरी सहायक निरिक्षक गंगाराम राई, प्रहरी सहायक निरिक्षक उमा गुरुङ पुरस्कृत भएका थिए । त्यस्तै प्रहरी हवल्दारहरु नन्दकिशोर यादव, भेषबहादुर थापा, महादेव राई र प्रमोदकुमार यादव पुरस्कृत भएका थिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रजिअ खड्का र जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढाले पुरस्कृत गरेका थिए । दिवसकै अवसमा तीनजना प्रहरी जवानहरु पुलिस अफ दि मन्थ घोषित भए । उत्कृष्ट काम गरेवापत साउन महिनाको पुलिस अफ द मोन्थ, प्रहरी जवानहरु अनिश कार्की, मिलन विष्ट घोषित भए भने भदौ महिनाको पुलिस अफ दि मन्थ, लालबहादुर विश्वकर्मा घोषित भए । उनीहरुलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा अमर प्रहरी परिवारलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वक्ताहरुले नेपाल प्रहरीको योगदान, भूमिका र जिम्मेवारीको प्रशंसा गर्दै सदैब आप्mनो प्रतिष्ठालाई उच्च राख्न सफलताका लागि कामना गरेका थिए । प्रजिअ खड्काले कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी दिवसको शुभकामना व्यक्त गरे । अमर प्रहरी परिवारलाई इंगित गर्दै मासिन जो कोही मर्छन् तर अमर प्रहरी जस्तो सम्झना र सम्मान पाउने कमै हुने बताए । जिल्ला प्रहरी प्रमुख एसपी मगरले प्रहरीको लामो इतिहास र गर्बिलो विरासतलाई सर्दैब उच्च राख्ने प्रतिबद्धता व्यक्त गरे । दिवसको शुभकामना व्यक्त गर्दै प्रहरी नागरिकको निम्ति भएकाले नजिकबाट सहयोग गर्न आग्रह गरे । दशैं, तिहार, छठ लगायतका पर्वको शुभकामनासमेत प्रदान गरिएको कार्यक्रमको अन्तमा चियापानसमेत रहेको थियो ।
फोटो फिचर



प्रतिक्रिया

%d bloggers like this: