शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

ठेकेदारसँग कार्ययोजना माग्दै मेलम्ची आयोजना

असोज, २८ गते । 
चिनियाँ ठेकेदार कम्पनी सिनो हाईड्रोलाई मेलम्ची खानेपानी आयोजनाले कार्ययोजना माग गरेको छ । बाँकी रहेको मेलम्चीको सुरुङ र मुहान क्षेत्रको काम सम्पन्न गर्नका लागि आयोजनाले कार्ययोजना मागेको हो ।
आयोजनाले ठेकेदारसँग एक हप्ता भित्र कार्ययोजना पेस गर्न पत्राचार गरेको आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए । ठेकेदारहरूले कार्यक्षेत्र अवलोकन गरिरहेकाले फर्केर आएलगत्तै कार्ययोजना पाउने आशा लिएको उनले बताए ।
ईटालियन सीएमसी दि रिभेना निर्माण कम्पनीले आयोजनाको काम अधुरो छोडेपछि बाँकी काम पूरा गर्न आयोजनाले नयाँ ठेक्का लगाएको थियो । बाँकीकाम पुरा गर्नका लागि चिनियाँ कम्पनी छनोट भई असोज १२ गते सम्झौतासमेत भइसकेको छ ।
यो समाचार आजको नेपाल समाचार पत्रमा छापिएको छ ।

प्रतिक्रिया

%d bloggers like this: