आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

बेल्जुटारमा ५ जुवाडे पक्राउ

राजेन्द्र दुष्ट
बेल्टार, असोज २९ गते
तास खेलिरहेको अवस्थामा उदयपुरको बेल्टारमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका बडा नं. ६ स्थित देवनारायण साहको घरमा हिजो बेलुका तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गेरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा साही पालिका वडा नं. ६ का देवनारायण साह, राजकुमार श्रेष्ठ, प्रशुराम तामाङ, देवकुमार बराईली र गोपाल कटवाल रहेका छन् । पक्राउ पर्नेहरुको  साथबाट १५ हजार १ सय रुपैया नगद, दुई थान स्टिलबटुको, केही राजमाको दाना र ३ बुङ तास जफत गरेको ईप्रका बेल्टारले जनाएको छ ।
प्रहरीले चाँडबाँडको बेला सामाजिक विकृति तास, जुवा, रक्सीजाँड सेवन जस्ता कुराकोविरुद्ध सूचनाहरु प्रशारण÷प्रकाशन गरेको थियो । प्रक्राउ परेकाहरुलाई जुवातास ऐन अन्तर्गत कानुनी कारबाहीका लागि बुधवार म्याद थप गरी कारवाही अगाडी बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: