सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

पोखरीमा डुबेर १ बालिकाको मृत्यु

सुनसरी, असोज २९ गते ।
सुनसरीको दुहवीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । दुहवी नगपालिका–१२ भोटेपुल निबासी लखन उरावको छोरी १५ वर्षीय छोरी अम्बी उरावको मृत्यु भएको हो ।
घर नजिकैको माछा पोखरीमा मंगलबार दिउँसो साथीहरुसँग पौडी खेल्ने क्रममा एक्कासी डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथीहरुले अम्बी पोखरीमा डुबेको देखेपछि आफन्तलाई खबर गरी तत्काल उद्धार गरेर उपचारको लागि कोशी अञ्चल अस्पताल विराटनगर लगेपनि उपचारको क्रममा ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: