बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

आमाछोरीको हत्यारा प्रहरीले पत्ता लगायो, प्रेम असफल भएपछि हत्या गरेको बयान

उदयपुर, असोज ३० गते ।
       एक जघन्य अपराधमा अनुसन्धानको ६ दिनमै अपराधी पत्ता लगाउन उदयपुर प्रहरी सफल भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ९ चौकीबारीका दुई आमाछोरीको हत्यारा पत्ता लगाई विहिबार प्रहरीले सार्बजनिकसमेत गरेको छ ।
प्रहरीले सिरहाको लहान नगरपालिका–८ घर भई हाल त्रियुगा नगरपालिका ३ मोतिगडामा डेरागरी बस्ने ४० वर्षिय रामहरी साहले आमाछोरी हत्या गरेको पत्ता लगाई सार्बजनिक गरेको हो । घटना घटेको ६ घण्टाभित्रै पक्राउ परेका साहमाथि विशेष अनुसन्धान पछि हत्यारा भएको ठहरका साथ सार्बजनिक गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताउनुभयो ।

विभिन्न अनुसन्धान पछि साहले आप्mनो अपराध स्विकार गर्दै सुरुमा सलले घाँटीमा बेरेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको बयान दिएको एसपी मगरले बताउनुभयो । मृतक महिलासंग गहिरो प्रेम सम्बन्ध रहेको तर विहे गर्न अस्विकार गरेपछि हत्या गरेको बयान दिएको उहाँले बताउनुभयो ।
मृतकको घरमा आउजाउ गरिरहने साहमाथि संका गरी अनुसन्धान गर्दा मृतक महिलाको कानबाट लुछिएको सुनको गहना साहको कोठामा छापा मार्दा फेला परेको, मृतक महिलाले प्रयोग गर्ने चारवटा मध्ये तीनवटा सिम साहकै नाममा रहेको र विवाह गर्नेगरी लामो समय महिलासंग प्रेम गरेपनि असफल भएपछि हत्या गरेको वयानसमेतलाई आधारमानी प्रहरी अन्तिम निष्कर्षमा पुगेको एसपी मगरले बताउनुभयो ।

साहले योजनाबद्ध ढंगले घटना घटाएको अनुसन्धानले देखाएको छ । श्रीमती नहुने भन्ने भएपछि मानसिकरुपमा विक्षिप्त भएका साहले दशै अघिदेखि नै हत्याको योजना बनाएको र आमाछोरी दुईजनामात्र घरमा भएको मौकामा घटना घटाएको बयान दिएको प्रहरीले जनाएको छ ।
साहले गत २४ गते राती चौकीबारीका २८ वर्षिया गोमा भनिने सारदाकुमारी चौधरी र उनकी ६ वर्षिया छोरी रचनाकुमारी चौधरीको हत्या गरेको थियो । चौधरी आमाछोरीको शब २५ गते विहान आप्mनै घरमा  घाँटीरेटीएको अवस्थामा गाउँलेले फेला पारेको थियो ।

खबर लगत्तै प्रहरीले घटनाको प्रकृतिमुचुल्का उठाउनुका साथै गहिरो अन्सन्धान थालेको ६ दिनमै अपराधी पत्ता लगाएको हो । मृतकसंग सम्बन्ध भएका, व्यवहार गरेका स्थानीय छरछिमेकी, आफन्त र संकास्पद करिब दुईसय व्यक्तीहरुसंग सोधपुछ तथा अनुसन्धानपछि प्रहरी निश्कर्षमा पुगेको जनाएको छ ।

एसपी मगरले घटना लगत्तै धरानबाट विशेषज्ञ कुकुरसहितको प्रहरीटोली, प्रदेश तथा संघीय प्रहरीसमेतको अनुसन्धान सहयोगबाट चाँडै अपराधी पत्ता लाउन सफलता मिलेको बताउनुभयो ।

प्रतिक्रिया

%d bloggers like this: