शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

पर्यटकको मन खिच्दै बेलकाको ‘भूत्याहा दह’

पूर्णपुष्टि, असोज ३० गते ।
उदयपुरको बेलका नगरपालिका ५ खयरबनी स्थित भूत्याहा दहले पर्यटकको मन खिच्दै लगेको छ । मदन भण्डारी राजमार्गदेखि करिब डेड÷दुई किलोमिटरको दुरीमा रहेको भूत्याहा दहको केही समययता प्रचारप्रसार सुरु भएसंगै त्यहाँ जाने पर्यटकहरु बढ्न थालेको भूत्याहा दह संरक्षण तथा सम्बद्र्धन विकास समितिका अध्यक्ष तारा मगरले बताउनुभयो ।
अध्यक्ष मगरका अनुसार भूत्याहा दह अहिले निकै प्रचारमा आएको छ र धेरैको चाँसो बढेको छ । मानिसहरुको आवत जावात धेरै हुन थालेको छ । भूत्यहाँ दह अत्यन्तै आनन्दको स्थान रहेकाले जो कोही आकर्षित हुने अध्यक्ष मगरले बताए । जाँदाजाँदै सितलता र त्यहाँको स्वच्छ, मनोरम प्राकृतक वातरवरणे मन आनन्दित हुने गर्छ । त्यहाँ कन्चन र हरियो देखिने स्वच्छ पानी छ । सफा छ । पौडी खेल्ने एरिया ठूलो छ । दह गहिरो भएकाले पौडी खेल्नेका लागि उपयुक्त छ । माथिबाट हामफाल्ने नुहाउने, पौडिन गरेर मनोरन्जन लिने गरेका छन् । आउनेहरु अतिनै रमाउने उनले बताए । गहिरो भएकाले पौडिन नजान्नेहरु बगेको कन्चन पानीमा नुहाउने, कम गहिरो दहमा पौडिने गर्छन् । धरान, इटहरी, गाईघाट, फत्तेपुर, लहान लगायतका टाढाटाढाबाट समेत आउन थालेका छन् ।

अहिले यसको संरक्षणमा स्थानीय लागी परेका छन् साथै वडा, नगरको तर्फबाट संरक्षणमा सहयोग भईरहेको संरक्षण समितिका सचिव विर्सना राई श्रेष्ठले बताउनुभयो । सहयोगबाट सडक खन्नुका साथै पैदल मार्ग बनाईएको छ । प्रचार–प्रसारमा उत्तिकै लागेको समितिले असोज १६ गते भूत्याहा दहको नाममा व्याड्मिन्टन् प्रतियोगिता पनि सञ्चालन गर्यो । दशैका कारण स्थगित प्रतियेगिता कार्तिक १ देखि पुनः सन्चालन हुनेछ ।
संरक्षण समितिका सदस्य इन्द्रबहादुर कार्कीका अनुसार भूत्याहा दहको विकास र सन्दर्भका लागि अहिलेलाई महत्वपूर्ण कुरा बाटो नै हो । दह भन्दा केही तलसम्म सडक र त्यसयता राम्रो पैदल बाटो बनाउने योजना छ । पर्यटकीय क्षेत्रको रुपमा परिचित गराउने वडा र नगरको प्रयास जारी छ । दहको बारेमा जतिले जानकारी पाए, उनीहरु विदाको दिन विशेष गरी पर्यटकको रुपमा आउने गरेको कार्कीले बताउनुभयो । केही तल खोला किनारमा पार्किङको व्यवस्था गरिएको छ । कहिले काँही त्यहाँ सवारी साधन नअट्ने स्थिति छ । जव मिडियाहरुमा यसको प्रचार सुरु भयो तव आउनेहरु बढ्न थालेका हुन् ।

स्थानीय कुमार राईका अनुसार जतिपनि पौडी खेल्न आउछन् । रमाइलो गरेर जाने गरेका छन् । आउदाआउदै चिसो हावाले मन सितल हुन्छ । पौडी नखेले पनि बस्नलाई आनन्द लाग्छ । रमाईलो लाग्छ । आफैलाई पनि सुन्दर र रमाईलो लाग्ने स्थानीयहरु बताउछन् । प्राकृतिक रुपमा धेरै राम्रा विशेषताहरु छन् । हेर्न अनुभव र अनुभूती लिन धेरै मानिसहरु आउन थालेका छन् ।
सर्बप्रथम स्थानीयवासी, नगरपालिकाले विशेष चासो दिन संरक्षण समितिका अध्यक्ष मगरले आग्रह गर्नुभयो । उहाँले ठाउँ अतिनै रमणीय रहेकाले एकपटक भएपनि आइदिएर प्राकृतिक सौन्दर्यताको अनुभूती लिन सबैलाई आग्रह गर्नुभयो । “कम्तिमा एकपटक आइदिनुहोस् र साथीभाइलाई पनि ल्याईदिनुहोस् ।” अध्यक्ष मगरले भन्नुभयो “हामी यहाँहरुको स्वागतमा सदा हाजिर छौं ।”
                                                                                                                                                                                                                 -भोटराज राई

भूत्याहा दह फोटो फिचर

प्रतिक्रिया

%d bloggers like this: