शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

बलात्कार गरेको आरोपमा ७ जना पक्राउ

कात्तिक १ गते । 

सुर्खेतमा एक बालिका बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् । वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

वीरेन्द्रनगर नगरपालिका–३ निबासी २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, ४ नम्बर वडाका २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ निबासी २३ वर्षीय रोशन वली र २१ वर्षीय नरेश बुढा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आईतबार पीडित बालिकाले प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा प्रहरीले आरोपी सबैलाई पक्राउ गरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया