बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

लागुऔषधसहित १ जना पक्राउ

मोरङ, कात्तिक १ गते । 

मोरङको विराटनगरबाट लागु औषधसहित एक जना पक्राउ परेको छ । विराटनगर महानगरपालिका–१५ बाट लागु औषधसहित अमन मुखियालाई पक्राउ परेको हो ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटेका प्रहरी टोलीले भारतको जोगवनीबाट नपाल तर्फ आउँदै गरेको सोलुखुम्बु नेले घर भई ईटहरी उप–महानगरपालिका–४ बस्ने २६ वर्षीय मुखियालाई चेक जाँच गर्दा डाईजोल्याव ९ एम्पुल, लुपिजेसिक ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल मुखियाको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ । लागु औषधसहित पक्राउ परेका मुखियालाई रानीमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: