मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

ट्रयाक्टरबाट लडेर १ जनाको मृत्यु

मोरङ, कार्तिक १ गते ।

मोरङको मिक्लाजुङमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका–६ भण्डारी चोक निबासी २२ बर्षीय मिलन कार्कीको मृत्यु भएको हो ।

मधुमल्ला–दमक भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ त १३२९ नम्बरको ट्याक्टरमा सवार कार्की बिहान पौने ९ बजेको लड्दा ट्याक्टरको पछाडीको चक्काले किच्दा घाईतेको भएको थियो । घाईते कार्कीलाई उपचारको लागि झापा दमकको लाईफ लाईन अस्पताल लगिए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परिक्षणको लागि आम्दा अस्पताल पठाईएको छ भने ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: