शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

भ्रमण वर्षको सद्भावना दूत बनिन् अभिनेत्री सु चिङ

कात्तिक २ गते ।

नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतमा चिनियाँ अभिनेत्री सु चिङ नियुक्त भएकी छिन् । शनिबार एक कार्यक्रमको साथ हलिउड अभिनेत्री सुलाई दूतमा नियुक्त गरेको घोषणा गरिएको हो ।

अभिनेत्री सु दूत बन्न पाएकोमा एकदम खुशी लागेको बताएकी छिन् । नेपालकी भृकुटीले चीनका राजकुमारसँग विवाह गरेको प्रसंग जोड्दै सु भृकुटीको छोरी भएकाले नेपाल उनको मावली भएको पर्यटन मन्त्री योगेश भट्टराईले बताए । आफ्नो मावलीमा साथीभाइ र अरुलाई पनि जानका लागि आग्रह गर्नु उनले बताए ।

सुले सन् १९९० मा चिनियाँ फिल्म ‘लाइफ अन ब स्ट्रिङ’बाट डेब्यू गरेकी थिईन् । उनले ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आइ लभ यू टू’, ‘मिस्टर सिक्स’ लगायत दर्जन बढी चिनियाँ र हलिउड फिल्ममा अभिनय गरेकी छन् ।

प्रतिक्रिया

%d bloggers like this: