सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

शुभकामना कार्यक्रममा रक्तदान

एस किराती
चौदण्डीगढी/कात्तिक २ गते ।

चौदण्डीगढीको बेलटारमा दशैँ, तिहार र छैठको शुभकामना आदानप्रदानसँगै रक्तदान कार्यक्रम भएको छ ।  ‘राष्ट्रिय अखण्डताको लागि सबै संस्कार र संस्कृतिहरुलाई सम्मान’ भन्ने मुल नाराको साथ नगरपालिकाले कार्यक्रमको आयोजना बेलाटारकोे सिटिहलमा कार्यक्रम भएको हो ।

नगर पालिकाको आयोजना, नगर खेलकुद विकास समिति, चौदण्डीगढी युवा समूह, बेल्टार एकता क्लव बेल्टारको सह–आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला  शाखा उदयपुरको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको चौनपाको मेयर खगेन्द्र राईले बताए ।

कार्यक्रमको उद्घाटन नगर प्रमुख राईले गरेको थियो । उक्त कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधिहरु, राजनीतिकर्मीहरु, समाजसेविहरुको उपस्थित रहेको थियो ।

रक्तदानमा जम्मा भएको रगत जिल्ला रेडक्रस सोसाइटीले जिम्मा लिने सह–आयोजक चौदण्डीगढी युवा समूह क्लवका अध्यक्ष सन्जय राईले बताए ।

प्रतिक्रिया

%d bloggers like this: