बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

नेकपा उदयपुर जिल्ला कमिटिको सपथ ग्रहण

उदयपुर कात्तिक २ गते । 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदयपुर जिल्ला कमिटीले शनिबार सपथ ग्रहण खाएका छन् । जिल्ला सदस्य टुंग्याएको करिब ४ महिनापछि सपथ ग्रहण जिल्ला कमिटिका सदस्यहरुले सपथ ग्रहण खाएका हुन् ।

प्रदेश कमिटीले गत असार १३ गतेको निर्णय अनुसार १ सय ४७ सदस्यीय जिल्ला कमिटी गठन भएको थियो । उक्त निर्णयमा पूर्व माओबादी र पूर्व एमालेका कार्यकर्ताहरुले असहमति जनाएपछि नयाँ १५ जना सदस्य थपेर १ सय ६२ सदस्यीय जिल्ला कमिटी बनाइ सपथ ग्रहण गराईएको छ । उक्त कमिटिका सदस्यहरुलाई प्रदेश इन्चार्ज भिम आचार्यले सपथ ग्रहण गराएको थियो ।

पूर्व एमालेबाट १० र पूर्व माओवादीका ५ जना थपिएका हुन् । असोज ३० गतेको प्रदेश निर्णय अनुसार जिल्ला कमिटीमा पूर्व एमालेबाट ९० र पूर्व माओवादीबाट ७० सदस्य समेटिएका छन् । कमिटीको अध्यक्ष पूर्व माओबादीका विनोद कटुवाल (दिवस) र सचिव पूर्व एमालेका इश्वरमणि राउत छन् । प्रदेशले नगर र गाउँ कमिटी हुँदै वडा कमिटीसम्मका अध्यक्ष र सचिव नाम यसअघि नै टुग्याईसकेको छ ।

४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहबाट प्रतिनिधित्व भएको जिल्ला कमिटीमा आवद्ध सदस्यहरुलाई सक्रिय बनाउनका लागि प्रदेश इन्चार्ज आचार्य, सहइन्चार्ज सावित्री काफ्ले र सचिव सुरेशकुमार राई (हिमाल) ले प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: