शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

भोजपुरमा एक महिलाको विभत्स हत्या

कात्तिक ३ गते । 

भोजपुरको षडानन्दमा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–३ निबासी २८ वर्षीय कल्पाना राईको हत्या भएको हो भने १८ वर्षीय एक बालिका गम्भिर घाईते भएका हुन् ।

षडानन्द नगरपालिका–१ नेपालेडाँडामा भएको भलिबल प्रतियोगिता हेरेर घर फर्किँदै गर्दा २ नम्बर र ३ नम्बरको सिमानामा पर्ने ओपंखा भन्ने ठाउँमा शनिबार साँझ धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय भोजपुर जनाएको छ ।

हतियार प्रहारबाट कल्पनाको घटनास्थलमा नै ज्यान गएको थियो । गम्भीर घाइते बालिकाको चिउँडोमा चोट लागेको जनाइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले षडानन्द नगरपालिका–३ निबासी २१ वर्षीय प्रदीप बस्नेतलाई प्रक्राउ गरेको छ । बस्नेतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया