शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

जागिर लगाई दिने भन्दै २ लाख ठगी गर्ने पक्राउ

कात्तिक ३ गते । 

बझाङमा जागिर लगाई दिन्छु भन्दै दुई लाख रुपैयाँ लिएको आरोपमा एक जना पक्राउ परेको छ । नेपाली सेनामा जागिर लगाइदिने भन्दै पैसा लिएको आरोपमा बझाङका दिल्लीराज पाध्याय पक्राउ परेको हो ।

जागिर लगाई दिने भन्दै थलरा गाउँपालिका– ८ निबासी पदम सार्कीबाट दुई लाख रुपैयाँ लिएको आरोपमा ३७ वर्षीय पाध्यायलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सेनामा छनोटका लागि भएको अन्तरवार्ताको क्रममा पाध्यायले सार्कीबाट उक्त पैसा लिएको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: