शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

पुरातात्विक महत्व बोकेको प्राचिन झोङ गुफा

कात्तिक ३ गते । 

मुस्तिाङको एक पुरातात्विक महत्व बोकेको झोङ गुफा पर्यटकको आकर्षणमा बनेको छ । हिमालपारीको जिल्ला भनेर चिनिएको मुस्ताङका लोमान्थाङ गाउँपालिकाको छोसेरको गुफा लोमान्थाङ पुग्ने पर्यटकका लागि आकर्षण बनेको हो ।

लोमान्थाङ पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरु झोङ गुफाको नपुगी र गुफाको प्रत्यक्ष अवलोकन नगरी फर्कदैन । पहाडमा निर्मित सात तले गुफामा एक सय ८ कोठा रहेका छन् । प्रत्येक तलाबाट बाहिर हेर्नका लागि प्वाल बनाइएको छ ।
करिब २५ सय वर्ष पहिला सत्रुसँगको लडाईबाट बच्नका लागि पहाडलाई खोपेर गुफा निर्माण गरिएको भन्ने विश्वास गरिएको छ । गुफा भित्र प्राचिन कालमा प्रयोग भएका सामाग्रीहरु पनि पाईएको छ । पछिल्लो समय गुफाको अध्ययन, अनुसन्धान र गुफामा पुग्ने पर्यटकहरुको संख्या बढ्दै जान थालेका छन् ।

प्रतिक्रिया

%d bloggers like this: