सोम, जेष्ठ १९, २०७७
Mon, June 1, 2020

छैठमा एक लाख भक्तजन भित्र्याउने समितिको लक्ष्य

उदयपुर/कार्तिक, ४

त्रियुगा छैठ पुजा समिति उदयपुरले यसपालिको छैठलाई भव्य रुपमा सफल पार्न पहिले भन्दा थप व्यवस्थित गर्ने बताएको छ । छैठमा एक लाख भक्तजनहरु भित्र्याने लक्ष्य सहित थप व्यवस्थित गर्न लागेको समितिले बताएको छ ।

एक लाख भक्तजनहरुको मासलाई सरल रुपमा छैठ मनाउने वातावरण सिर्जना गर्ने भन्दै समितिले पहिलो बैठक बसेको छ । कार्तिक १६ गते बाट सुरु हुने छैठलाई सफल बनाउन बिभिन्न क्षेत्रहरुमा पहिले भन्दा यो बर्ष निकै व्यवस्थितको लागि तयारी भईरहेको समितिको अध्यक्ष राहुल यादवले बताए ।

यस बर्ष पहिलेको भन्दा थप नयाँ कार्यक्रमहरु सहित छैठको तयारी भईरहेको बताए । उदयपुर जिल्लाको नाम चिनाउने उदयपुरका राष्ट्रिय कलकारहरुलाई सम्मान तथा सेल्फी प्वाईन्ट लगाएत थप आकर्षक सहित यो बर्ष छैठ मनाउने तयारी भएको यादवले बताए ।

छैठको लागि १४ गते बाट त्रियुगा नदी आसपास सरसफाई कार्यक्रम रहेको पनि यादवले बताए ।

 

प्रतिक्रिया

%d bloggers like this: