शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

मुर्रेले पाए युरोपियन ओपन टेनिसको उपाधि

कात्तिक ४ गते । 

युरोपियन ओपन टेनिसको फाईनलमा स्टान वावरिन्कालाई हराउँदै बेलायती खेलाडी एन्डी मुर्रेले उपाधि चुमेको छ । मर्रेले सन्यास फिर्तापछि पहिलो एटीपी टेनिसको फाईनलमा २–१ ले वावरिन्कालाईपछि पार्दै मुर्रेले उपाधि चुमेका हुन् ।

भावुक बन्दै नौ महिना पहिला मर्रेले करियरबाट सन्यास लिएका थिए । सन्यास फिर्ता लिएर पुन टेनिसमा फर्केपछि ठूला भन्दा पनि सानो प्रतियोगितामा सहभागिता जनाएका मुर्रेले उपाधि चुमेको थियो ।

मुर्रेको यो २ वर्षमा पहिलो एकल उपाधि हो । पहिलो सेटमा ३–६ ले पछि परेपछि त्यसपछि उत्कृष्ट कमब्याक गरेका मुर्रेले दोस्रो सेट ६–४ ले जिते भने तेस्रो सेट ६–४ ले नै आफ्नो पक्षमा पारेको थियो ।

गत जनवरीमा थाईको सल्यक्रिया गरेपछि लामो समय मुर्रे कोर्ट बाहिर बसेको थियो । उनी फर्केपछि सात वटा प्रतियोगितामा मात्र सहभागिता जनाएको छ ।

करियरको ठूलो उपाधि मध्येको एक भएको मुर्रेले प्रतिक्रिया दिएका छन् । तीन पटकका ग्राण्डस्लाम च्याम्पियन ब्यक्तिगत रुपमा यो उपाधि आफ्नो लागि सधैँ सम्झनलायक हुने मुर्रेले बताए ।

प्रतिक्रिया

%d bloggers like this: