बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

काठमाण्डौबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ

कात्तिक ४ गते ।

काठमाण्डौँको बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । बौद्धको नयाँ वस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित मानिस पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा नक्कली नोट छाप्ने मेसिनसहित ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन । उनीहरुमाथि  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया