सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

चौदण्डिमा तेस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने

राजेन्द्र दुष्ट
बेल्टार/कार्तिक ६ गते ।

चाडपर्वको अवसर पारेर चौदण्डीगढीमा तेस्रो मेयर कप डबल व्याडमिन्टन प्रतियोगिता गराउने भएको छ । बसाहा शनिबारे व्याडमिन्टन क्लवको आयोजना र नगको सहयोगमा बसाहाको शनिवारेमा  विहिबारदेखि मेयर कप व्याडमिन्टन प्रतियोगिता सुरु हुने भएको हो ।

मेयर खगेन्द्र राईले खेलको  उद्घाटन गर्ने गरी कार्यक्रम तय भएको आयोजकले जनाएको छ । विगतको वर्षहरु झै यसपटक पनि क्लवले प्रतियोगीताको आयोजना गरेको हो । खुल्लातर्पm ३२ समुह र भेन्ट्रान्सतर्फ २० समुहले सहभागिता जनाउने बसाहा शनिबार व्याडमिन्टन क्लवका अध्यक्ष नारायण तामाङले बताए ।

खुल्ला तर्पmका विजयी समुहहरुलाई नगद २२, १५ र १० हजार रुपैया, ट्रफि र प्रमाण पत्र प्रदान गरिने छ भने भेन्ट्रान्स तर्पmका विजयी समुहहरुलाई नगद १७, १२, र ८ हजार रुपैया, ट्रफि र प्रमाण पत्रले सम्मान गरिने चौदण्डीगढी व्याडमिन्टन समितिका संयोजक देवीराज राईले बताए ।

प्रतिक्रिया