शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

बालिका बलात्कार गरेको अभियोगमा १ जना पक्राउ

उदयपुर, कात्तिक ७ गते । 

उदयपुरमा बालिका बलात्कार गरेको अभियोगमा एक जना युवा पक्राउ परेको छ । १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार पक्राउ परेको हो ।

अभियोगमा त्रियुगा नगरपालिका–१६ जाल्पा चिलाउनेको सिम्ले निबासी २२ वर्षीय रामकुमार राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । स्थानीय एक विद्यालयमा अध्ययनरत बालिकालाई विद्यालयबाट घर फर्कने क्रममा गत कात्तिक ५ गते दिउँसो जंगलमा राईले पछाडिबाट ज्याकेटले मुख छोपेर घाँटी थिनि बजरजस्ति करणी गरेको जनाईएको छ ।

पिडितको घरदेखि विद्यालय पुग्न करिब २ घण्टा जंगलको बाटो पैदल हिड्नु पर्दछ । बालिकाको बुधबार नै जिल्ला अस्पताल बोक्सेमा स्वास्थ्य परिक्षण गरिएको प्रहरीले जनाएको छ । पिडितको दाजुले जिल्ला प्रहरी कार्यलय उदयपुरमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । आरोपित राईलाई तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया