शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

लागुऔषध सहित २ जना पक्राउ

उदयपुर, कार्तिक ७ गते ।

उदयपुरको त्रियुगा नगरपालिका–११ बाट लागुऔषध सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै कोठाबाट लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा बिहान ८ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

त्रिनपा–११ निबासी २८ बर्षीय उद्धव तामाङ र १८ बर्षीय सोभित चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनहिरुको कोठा खानतलासी गर्दा कोठाबाट डाईजोल्याव १६ एम्पुल, नोर्फिन १६ एम्पुल, फेनारागन १६ एम्पुल, खाली सिरिन्ज ३ थान, कौडा १६ थान, डाईसको गोटी ६ थान र नगद १८ हजार ८ सय बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।

प्रतिक्रिया