मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

कर्मचारी अख्तियारको कारवाहीमा परेपछि मालपोतप्रति वितृष्णा

कात्तिक ८ गते ।

अख्तियारको बारबाहीले मालपोत कार्यालयप्रति कर्मचारीको वितृष्णा बढेको छ । पछिल्लो समय धेरै कर्मचारी अख्तियारको बारबाहीमा पर्न थालेपछि देशभरका मालपोत कार्यालयमा कर्मचारीको अभाव हुन थालेको हो ।

केहि सयम अगाडी मात्रै कर्मचारीहरु मालपोतमा सरुवा हुन तछाड मछाड हुन्थ्यो, तर अहिले त्यहाँ जान चाहँदैन । अख्तियारको स्टिङ अपरेशनमा मालपोतका कार्मचारी धमाधम परिरहेका छन् । दुई सय भन्दा बढी मालपोतका कर्मचारीलाई अख्तियारले कारवाही गरिसकेको छ ।

मालपोतको सेवाप्रवाहको सवत्र आलोचना भएपछि सरकारले सुविधा सम्पन्न मालपोत कार्यालय बनाएको छ । मालपोत कार्यालय कंलकीसहित आधा दर्जन कार्यालयलाई सुविधासम्पन्न बनाइएको भूमि सुधार व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्ण ज्ञवालीले बताए ।

देश भरका ७ वटा कार्यालयमा भूसेवा केन्द्रमार्फत् सेवा प्रदान गर्न थालिएको छ । पब्लिक एसेस मोडलबाट सेवा प्रदान भइरहेको छ । १ सय १ वटा कार्यालयमा अनलाइन सिस्टममा मालपोतको सेवाप्रवाह भइहरेको छ । रिर्पोट प्रत्येक दिन हेर्न सक्ने व्यवस्था मिलाइएको छ । यसलाई यही वर्ष्िभत्र १ सय १६ कार्यालयमा र्पुयाउने लक्ष्य रहेको उनले बताए ।

यो समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रतिक्रिया