शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

३३ तोला सुनसहित कामदार सम्पर्क विहीन

कात्तिक ८ गते । 

कास्कीको पोखराबाट सुन पसलमा काम गर्ने एक कामदार ३३ तोला सुनसहति सम्पर्क विहिन भएको छ । पोखराकोे न्यूरोडमा अवस्थित गोरखा एण्ड बराह ज्वेलर्स इण्डष्ट्रिज प्रालिमा काम गर्ने रञ्जन राजवंशी बुधबारदेखि सम्पर्क विहिन भएको हो ।

भारतको कलकत्ता घर भएका अन्दाजी ३७ वर्षीय राजवंशी करिब दिउँसो ३ बजेदेखि सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ । लामो समयदेखि त्यस ज्वेलर्समा काम गर्दै आइरहेका थिए ।

ज्वेलर्सबाट ३३ तोला सुन बोकेर सिर्जनाचोकको गहना बनाउने ठाउँमा गएका राजबंशी बेखबर भएको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: