शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

अमेरिकी डलरको भाउ बढ्यो

कात्तिक ८ गते ।

आज सबै विदेशी मुद्राको भाउ बढेको छ । शु क्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ९२ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा रहेको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ८७ पैसा रहेको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २ पैसा छ भने मलेसियन रिंगिट एककोे खरिददर २७ रुपैयाँ ०८ पैसा बिक्रीदर २७ रुपैयाँ २२ पैसा तोकेको छ । त्यस्तै वन १ सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा पुगेको छ ।

कुवेती दिनार १ को खरिददर ३ सय ७३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै बहराइन दिनार १ को खरिददर ३ सय रुपैयाँ ५९ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ १९ पैसा रहेको छ ।

प्रतिक्रिया