बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

वडा सदस्यको निधनमा सार्वजनिक विदा

उदयपुर, कात्तिक ८ गते । 

उदयपुरको त्रियुगा नगरपालिकाको एक वडा सदस्यको निधन भएकाले शोक मनाउन सार्वजनिक विदा दिएको छ । त्रियुगा नगरपालिकाले वडा न. ३ का वडा दलित महिला सदस्यको निधन भएकाले शोक मनाउन शुक्रबार नगरले सार्वजनिक विदा दिएको हो । त्रिनपा–३ को दलित महिला वडा सदस्य मिना विश्वकर्माको असामयिक निधन भएकाले गत कात्तिक ७ गते बसेको नगर कार्यपालिका कार्यसमितिको बैठकले एक दिन विदा दिने निर्णय गरेको थियो ।

नगरपालिकाको कार्यालय, माताहातको वडा कार्यालयहरु र नगर क्षेत्र भित्रका शिक्षण संस्थाहरु बन्द रहने गरि बैठकले निर्णय गरेको पालिकाले जनाएको छ ।

प्रतिक्रिया