शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु, १ जना घाईते

सुनसरी, कात्तिक ८ गते । 

सुनसरीको बर्जुमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । बर्जु गाउँपालिका–६ बर्जुतालमा मोटरसाईकल दुर्घटना हुदा चालक रविन्द्र मेहेताको मृत्यु भएको हो भने पछाडी सवार दिपेश यादव घाईते भएका हुन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३० प ५६२७ नम्बरको मोटरसाईकल अनिन्त्रित भई विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका देवानगञ्ज गाउँपालिका–७ निबासी २१ वर्षीय मोटरर्साइकल चालक मेहताको उपचारको लागि विराटनगरको गोल्डेन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल पछाडी सवार १६ वर्षीय यादवको गोल्डेन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: