बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

२०५५ एसएलसी ब्याजीको तिहार विशेष भेटघाट सम्पन्न

पूर्णपुष्टि, कात्तिक ९ गते । 

२०५५ एसएलसी ब्याजी ग्रुपको तीहार विशेष भेटघाट कार्यक्रम आज भएको छ । उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा माध्यामिक विद्यालयमा विद्यालय पढाई पुरा गरी ०५५ सालमा एसएलसी दिएका ब्याजीको बोक्सेस्थित होटल वल्डदरबारमा भेटघाट कार्यक्रम भएको हो ।
विगत चारवर्षदेखि तिहार विशेष भेटघाट कार्यक्रम आयोजना गर्दै आएको व्याजीले यसवर्ष पनि निरन्तरता दिएको हो । आगामी वर्षहरुमा अझ बृहद बनाउदै लैजाने निर्णय गरेको सो ग्रुपले एक आपसमा शुभकामना आदान प्रदान गरे । विद्यालय जीवनको स्मरण गर्दै उनीहरुले सामाजिक कार्यमा पनि एकजुट हुने प्रण गरेका छन् ।
ग्रुपका संयोजक सुनिल पोखरेलका अनुसार विद्यालयको पढाई सकेपछि छुटेका साथीहरुबीच भेट हुँदा खुसीको माहौल छाएको थियो । आजको घेटघाट एसएलसी दिएर २१ वर्षपछिको हो । कतिपय साथीहरु बेलाबेलामा भेट भएको भएपनि कतिपय भने २१ वर्षपछि पहिलो भेट भएको थियो । पढाई तथा कामको सिलसिलामा विभिन्न क्षेत्र तथा स्थानहरुमा पुगेका साथीहरुबीच तिहार पर्वले भेटको वातावरण सिर्जना भएको थियो । दशै, तिहार, छठ जस्ता पर्वमा घर सम्झेर देश परदेशबाट फर्कने र धेरै साथीहरुबीच जमघाट हुने भएपछि तिहार विशेष भेटघाट कार्यक्रम गर्न थालिएको उद्धव अधिकारीले बताए ।
कोही सरकारी जागिर, कोही गैरसकारी संस्थामा काम, कोही बैदेशिक रोजगार, कोही व्यापारी, व्यवसायी, कोही शिक्षण, कोही राजनीति, कोही पत्रकारिता क्षेत्रमा आवद्ध रहेका उनीहरुले आ आफ्नो  जीवन संघर्षका अनुभव र अनुभूतिहरुसमेत आदान प्रदान गरेका थिए ।  कार्यक्रमले आपसमा विर्सिसकेको साथित्वलाई स्मरण मात्र  गराएन, एकआपसका लागि सिर्जनशिल सल्लाह, सुझाव र सहयोगको वातावरणसमेत सिर्जना गरेको राजेन्द्र अधिकारीले बताए । सो ग्रुपले हरेक वर्ष केही न केही उदाहरणीय र सामाजिक कार्य गर्दै जाने निर्णय गरेको छ ।

प्रतिक्रिया

%d bloggers like this: