मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

तेस्रो चौदण्डीगढी मेयर कप व्याडमिन्टन प्रतियोगिता सम्पन्न

राजेन्द्र दुष्ट/ बेल्टार, कार्तिक १०
चाडपर्वको अवसर पारेर चौदण्डीगढीको ४ नं. वडा बसाहा शनिवारेमा  ८ गते देखि शुरु भएकोे तेस्रो नगर मेयर कप  डवल व्याडमिन्टन प्रतियोगितामा सुन्दरपुरका विनय चौधरी र लक्ष्मण कटवालको जोडिले प्रथम स्थान हासिल गरेका छन् भने बडी उमेर समुह (भेन्ट्रान्स) तर्फ  भने बेल्टारका राजकुमार राई र महाप्रशाद राईको जोडिले प्रथम स्थान प्राप्त गर्न सफल भएका छन् ।
आईतबार भएको खेलमा खुल्ला तर्फका  अन्य विजयीहरुमा बसाहाका  निरज राई र सुवास वनको जोडि द्धितिय भएका छन् । त्यसैगरी तेस्रो स्थान तर्फ  भने सुन्दरपुरका जयराम राई, सागर वर्देवा र आयोजक तर्फका  बसाहाका भविन्द्र राई, दिनेश राईले प्राप्त गरेका छन् ।

भेन्ट्रान्स तर्पmको  द्धितिय र तृतिय स्थान सुन्दरपुरका देवनारायण चौधरी र महानन्द चौधरीको जोडि दोस्रो भएका छन् । तेस्रो स्थानमा भने बसाहाका नयनकुमार राई, प्रेम रायमाझी र दिपक तामाङ, भुपाल खत्रीले तेस्रो स्थान हासिल गरेका छन् । खुल्ला तर्फका   विजयीहरुलाई प्रथम, दोस्रो र तेस्रोले क्रमश २२, ११ र ५÷५ हजार नगद, टफ्री र प्रमाण पत्र सहित कार्यक्रमका प्रमुख अतिथि ४ नं. वडाअध्यक्ष चरणकुमार राईले प्रदान गरेका छन् । त्यसैगरी भेन्ट्रान्स तर्पmका विजयीहरुलाई पनि १०, ६ र २/२ हजार रुपैया नगद,  ट्रफ्री र प्रमाण–पत्रले सम्मान गरिएका छन् । प्रतियोगितामा सर्वोकृष्ठ खेलको उपाधि खुल्ला तर्फका  तेस्रो स्थान ओगट्न सफल खेलाडि सुन्दरपुरका १५ वर्षिय जयराम राईलाई सम्मान गरिएको छ । खेलाडि राईलाई बसाहाका स्थानीय युवा समाजसेवी मणि राईले ५ हजार रुपैया मुल्य बरावरको एउटा ¥याकेट र प्रेम रायमाझी, भुपाल खत्री र जगत विष्टले १÷१ हजार रुपैयाले प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको छ । कार्यत्रममा प्रतियोगिताको लागि आर्थिक सहयोग गर्ने  विभिन्न संघ संस्थाहरुलाई समेत कदर पत्रद्धारा सम्मान गरिएको थियो । प्रतियोगितामा चौदण्डीगढी नगर व्याडमिन्टन संयोजक देवीराज राई, बेल्टार व्याडमिन्टन क्लवका अध्यक्ष राजेन्द्र विद्रोही, १ नं. वडाध्यक्ष रोहितमान तामाङ, ५ नंं वडाध्यक्ष देवनारायण चौधरी ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक बुद्धिराम चौलागाई बुद्धिजिवी समाजसेवी राजनितिक कर्मि भुपेन्द्र राई लगायतका विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा ६४ समुह खेलाडिहरुको सहभागिता रहेको थियो । शुक्रबार चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले उद्धघाटन गरेको खेल आईतबार समापन भएको छ । कार्यक्रम दिनेश राईको संचालन र बसाहा शनिबारे व्याडमिन्टन क्लवका अध्यक्ष नारायण तामाङको सभापतित्वमा समापन भएको छ ।

प्रतिक्रिया

%d bloggers like this: