आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

ह्याप्पी भाइटीका, आज विशेषरुपले मनाइदै

पूर्णपुष्टी, कार्तिक १२ गते
आज भाइटिका । विशेषरुपले मनाईने चेली माइतीको पर्व । आजका दिन सबैचेलीहरुले आफ़ना माइतीहरुले पुज्दै दिर्घालु, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । सबै माइतीहरुले पनि आप्mना चेलीको हातको टिका, माला ग्रहण गर्दै आशिर्वाद लिएका छन् । आजको दिनमा दिएको चेलीको आशिर्वादले हरेक माइती चिरायु र प्रभावशाली हुने जनविश्वास छ ।
आजको दिनमा परदेश हुने माइतीहरुलाई पनि घरका चेलीहरुले विशेष सम्झिएका छन् । टाढैबाट भएपनि आफ्ना माइतीको चीरायु र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
आफ्नो  चेली नहुने माइतीहरुले पनि चेली बनाएर यो पर्व मनाउने गर्छन् र आशिर्वाद ग्रहण गर्ने गर्दछन् । चेलीमाइतीको पवित्र साईनो र सम्बन्धलाई अझ प्रगाढ पार्ने यो पर्व नेपाली जनजीवन र मौलिक परम्पराका लागि विशेष छ । त्यसैले यो पर्वलाई विशेषरुपले मनाइने पनि गरिएको छ ।
झिलिमिली बत्ति र फुलको रंगीन तिहारलाई झिलिमीली बत्तिहरु र फुलहरुले सजाउने गरिन्छ । यसवर्ष पनि उहि हिसावले भब्यरुपले मनाइराखिएको छ ।

प्रतिक्रिया

%d bloggers like this: