बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

सरसफाईका साथ छट पर्वकाे सुरुवात

पूर्णपुष्टि, कात्तिक १४
दशै, तिहार लगत्तै अर्काे एक विशेष पर्वकाे रुपमा मनाईने छठ हर्षाेउल्लासका साथ उदयपुरमा सुरु गरिएकाे छ ।
त्रियुगा पुजास्थल र वरपरकाे बिहिबार सरसफाईका साथ यसवर्षकाे छठपर्वकाे सुरुवात उदयपुरमा गरिएकाे छ ।
छठपूजा अायाेजक समितिकाे अगुवाइ र विभिन्न सराेकारवालाहरुकाे सहभागितामा सरसफाई गरिएकाे हाे । त्रियुगा नगरपालिकाकी उपमेयर देबी चाैधरीसमेतकाे सहभागितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, व्यापारी, ब्यवसायी, नागरिक समाज र सर्बसाधारणकाे सहभागिता रह्याे । सबैले पञ्जा र माक्स लगाई झाडु लिएर सफाई गरेका थिए भने दमकलले पानी छिटेकाे थियाे । त्रियुगा नदिदेखि पुल अासपास र बसपार्क क्षेत्र सफाई भएकाे छ ।
त्रियुगा उद्योग बानिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाईलीले भब्यरुपमा मनाईने छठपर्वकाे राैनकता सुरु भएकाे बताउनुभयाे ।
पुजा समितिका अध्यक्ष राहुल यादबले पुजास्थल सम्याउने, पुजास्टल बनाउने, सुरक्षा लगायत ब्यवस्थापनका सबै कामहरु गरिने र यसवर्षकाे छठपर्वलाई भब्य र सभ्य बनाईने बताउनुभयाे ।
१५ गते अस्ताउदाे सुर्यलाई पानी चढाई, राती बिशेष पुजाअाजा त्रियुगा नदिमा जागाराम बस्ने र भाेलिपल्ट उदाउदाे सुर्यलाई पानी चढाईने छ । विशेष पुजाअाजा, अाफन्तजनसंग भेटघाट, प्रशाद ग्रहणका साथ मनाइनेछ ।
गाईघाट लगायत जिल्लाका कटारी, बेलटार, बसबहा, मुर्कुची लगायत सबै खाेला नदि र तलाउमा पर्वकाे तयारी रहेकाे जनाइएकाे छ ।
दशै, तिहार सभ्यरुपमा सम्पन्न भएपछि छठ पर्वलाई शान्तिपुर्वक बनाउन सुरक्षा संयन्त्र केन्द्रित छ ।

प्रतिक्रिया

%d bloggers like this: