आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

पोखरीमा डुबेर १ बालकको मृत्यु

मोरङ, कार्तिक १७ गते ।

मोरङको कटहरीमा पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । कटहरी गाउँपालिका–२ निबासी कृष्ण मण्डलको छोरा ४ बर्षीय काले मण्डलको मृत्यु भएको हो ।

धनपालथान गाउँपालिका–७ मा फुपुको घरमा बसेका बालक खेल्ने क्रममा घर नजिकै रहेको माछा पोखरीमा दिउँसो पौने ३ बजेको डुबेर घाईते भएका बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरीमा डुबेको बालकको उपचारको लागि कोशी अस्पताल बिराटनगर लगी उपचारको क्रममा दिउँसो साँढे ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: