शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

माेटरसाईकल जुध्दा दुई गम्भिर

पूर्णपुष्टि, कात्तिक १८ ।

उदयपुरकाे त्रियुगा नगरपालिका १ जाेगिदहमा साेमबार राति दुई माेटरसाईकल एकआपसमा ठाेकिदा दुबै माेटरसाईकलमा सवार गम्भीर घाईते भएका छन् ।
स ७ प ७१२४ र बा ३४ प ३३२६ नम्बरकाे दुई माेटरसाईकल ठाेकिदा त्रि न पा १ जोगिदहका ३५ बर्षिय सुर्य बहादुर राई र त्रिनपा ६ जलजले घर भएको ४० बर्षिय अशोककुमार शाह गम्भीर घाईते भएका हुन् ।
राई नेपाली सेनाकाे १८ नम्बर बाहिनी अड्डामा कार्यरत प्युठ हुन् । उनकाे शरिरकाे भित्रि भागमा गम्भीर चाेट लागेकाे छ भने साहकाे खुट्टा भाच्चिनुका साथै शरिरको विभिन्न ठाउमा चोट लागेकाे छ ।
उनीहरुकाे जिल्ला अस्पताल उदयपुर र गाइघाट स्थित सिभिल अस्पतालमा उपचार गरिए पनि त्यहा सम्भव नभएपछि एम्बुलेन्स मार्फत शाहलाइ टिचिङ अस्पताल काठमाडाै र राईलाई धरान रेफर गरिएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

%d bloggers like this: