शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

लागु औषधसहित २ जना पक्राउ

झापा, कात्तिक १९ गते । 

झापाको गौरिगञ्जबाट लागु ओषधसहित दुई जना पक्राउ परेका छन् । गौरिगञ्ज गाउँपालिका–३ बाट गाँजासहित देवनारायण महतो र बुदलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

गाजाको बेचविखन भैराखेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौरिगञ्जबाट खटेका प्रहरी टोलीले गौरिगञ्ज गाउँपालिका–३ निबासी ५७ वर्षीय महतो र वडा न. ४ निबासी राजबंशीलाई आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महतोको घरबाट ५ सय ग्राम गाजा र नगद १ हजार ३ सय ५० रुपैयाँ बरामद भएको छ भने राजबंशीको घरबाट २ किलो १ सय २५ ग्राम गाजा र नगद ६ सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया