शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

मलेसियन रिंगिट, कोरियन वन र ओमनी रियालको भाउ बढ्यो

कात्तिक १९ गते । 

आज मलेसियन रिंगिट, कोरियन वन र ओमानी रियालको भाउ बढ्दा अरु मुद्राको भाउ घटेको छ ।

मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ५४ पैसा तोकेको छ । हिजो डलरको खरिददर १३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको थियो । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको थियो । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९४ रुपैयाँ ५२ पैसा रहेको छ । हिजो खरिददर २ सय ९४ रुपैयाँ २० पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ९१ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा रहेको थियो । त्यस्तै रिंगिट एकको खरिददर २७ रुपैयाँ २१ पैसा बिक्रीदर २७ रुपैयाँ ३६ पैसा तोकेको छ । हिजो हिजो खरिददर २७ रुपैयाँ १३ पैसा बिक्रीदर २७ रुपैयाँ २७ पैसा रहेको थियो  ।

वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको थियो । त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ७२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३ सय ७४ रुपैयाँ ०४ पैसा रहेको छ । हिजो खरिददर ३ सय ७२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३ सय ७४ रुपैयाँ ४४ पैसा थियो ।

बहराइन दिनार १ को खरिददर २ सय ९९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३ सय १ रुपैयाँ १७ पैसा रहेको छ । हिजो खरिददर २ सय ९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३ सय १ रुपैयाँ ३४ पैसा रहेको थियो ।

प्रतिक्रिया

%d bloggers like this: