शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

ताला लगाउन गएका अस्थायी शिक्षक पक्राउ

कात्तिक १९  गते ।

मुख्यमन्त्रि कार्यालयमा ताल लगाउन पुगेका अस्थायी शिक्षक पक्राउ परेका छन् । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका करिब ३० जना शिक्षक मंगलबार पक्राउ परेका हुन् ।

अस्थायी शिक्षकहरुले कर्मचारीलाई भित्र छिर्न नदिने गरी ताला लगाएर मूल गेटमा धर्ना दिने योजना बनाएका थिए । सेवाबाट मुक्त गरिएपछि निरन्तर आन्दोलन गर्दै आएका अस्थायी शिक्षकहरुले पुनर्बहाली गर्नु पर्ने माग राखेका छन् ।

ताला लगाउन गएका अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवसहितलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखेका छन् । सोमबार अस्थायी शिक्षकहरुले मुख्यमन्त्री कार्यालय अगाडि आधा घण्टा चक्काजाम गरेका थिए ।

अस्थायी शिक्षकहरुले गत असार २० गतेदेखि एक महिना मुख्यमन्त्री कार्यालय अगाडि धर्नासमेत दिएको थियो ।

प्रतिक्रिया

%d bloggers like this: