शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

७२ वटा वडा सचिवविहिन

कात्तिक १९ गते 

बैतडीका पालिकाहरुमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या आएको छ । जिल्लामा जम्मा ८४ वटा वडामध्ये ७२ वटा वडा कार्यालय सचिव विहीन बनेपछि सेवा प्रवाहमा समस्या आएको हो ।

शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र निकै दुर्गम मानिने सिगास गाउँपालिकाका वडामा सचिव विहिन भएपछि अहिले प्राविधिक सहायक कार्यालय र सामाजिक परिचालकमार्फत वडाको काम भैरहेको छ ।

वडामा सचिव नहुँदा सानोतिनो कामको लागि पनि नगरपालिका नै धाउनु पर्ने बाध्यता भएको स्थानीयहरुले गुनासो गरेका छन् । देशकै दशौँ नमुना शहरमा परेको पाटन नगरपालिकाका १० वडामध्ये ७ वडा सचिव विहीन रहेको पालिकाले जनाएको छ ।

डिलाशैनी गाउँपालिकाका ७ वडामध्ये १ वडामा मात्रै सचिव रहेको छ भने दोगडाकेदार गाउँपालिकाका ८ वटा वडामध्ये ६ वडा सचिव विहीन भएको छ । त्यस्तै पुरचौँडी नगरपालिकामा पनि एक वडामा मात्रै सचिव रहेको छ भने नगरपालिकाका १० वडामध्ये ९ वडामा अहिले प्राविधिक सहायकले काम सञ्चालन गरिरहेको नगरपालिकाले जनाएको छ ।

सुर्नया गाउँपालिकाको ८ वटा वडा सचिव विहिन रहेको छ । यस्तै जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको र जिल्ला सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा पनि ११ वडामध्ये ४ वटामा मात्रै सचिव छन् । वडा कार्यालयमा सचिव नहुँदा वडामै हुने कामका लागि गाउँपालिका र नगरपालिकाका धाउनु पर्ने स्थानीयहरुले बताएकाछन् ।

प्रतिक्रिया

%d bloggers like this: