शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

भरुवा बन्दुक पड्केर १ जनाको मृत्यु

ओखलढुङगा, कार्तिक १९ गते ।

ओखलढुङगाको मोलुङमा बादर लखेट्ने क्रममा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ । मोलुङ गाउँपालिका–३ थुम्कीको जंगलमा बाँदर लखेट्ने क्रममा स्थानीय लालमान तामाङको मृत्यु भएको हो ।

सोमबार दिउँसो करिब २ बजे जंगलमा बाँदर लखेट्न गएका स्थानीय चित्रबहादुर सुनुवारले बोकेको बन्दुक पड्कदा १७ बर्षीय तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाईते भएका तामाङलाई उपचारको लागी काठमाण्डौ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई घटनामा संग्लन्न रहेका सुनुवारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संग्लग्न अन्य ४ जना फरार रहेकोले खोजी कार्य भईरहेको छ भने घटनास्थलबाट १ थान लोड गरेको र १ थान पड्किएको भरुवा बन्दुक बरामद गरको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: