शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

राजस्व छलीमा दोङ्गहवा कन्ट्रक्सनविरुद्ध मुद्दा दायर

कात्तिक १९ गते ।

नेपाल दोङ्गहवा कन्ट्रक्सनले झुटा नक्कली बील प्रयोग गरेर राजस्व छली गरेको आरोपमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । बस्तु तथा सेवा खरिद नै नगरी बिल बनाएर राजस्व छली गर्ने कन्ट्रक्सनविरुद्ध १३ करोड १३ लाख रुपैयाँ बिगो र दोब्बर जरिबाना तथा सञ्चालकलाई ३ वर्ष कैद सजाय माग गरेर मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

चिनियाँ नागरिक याङ लिन, शे स्याङजुन, वे देगुइन र नेपाली नागरिक सुविन श्रेष्ठले बस्तु तथा सेवा खरिद नगरी  नक्कली भ्याट बिल खरिद गरेर भ्याट र आयकर छली गरेको विभागले जनाएको छ । ४ करोड २१ लाख भ्याट, ७ करोड ७७ लाख रुपैयाँ आयकर र १ करोड १४ लाख ३१ हजार रुपैयाँ मुनाफा वितरण गर्दा लाग्ने लाभांश गरी १३ करोड रुपैयाँ राजस्व छलेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: