शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

व्याड्मिन्टन कवर्डहल निर्माण हुदै

उदयपुर–गाईघाट (बोक्से)मा नवनिर्मित व्याड्मिन्टन कवर्डहलको छानोमा ट्रष्ट लगाउने काम सकिएको छ । दुईओटा कोटसहितको निर्माणाधिक कवर्डहलको छानोमा फलामे ट्रष्ट लगाउने काम सकिएको हो ।

नेपाल सरकारको खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति, जिल्ला समन्वय समिति र स्थानीय खेलाडी तथा खेलप्रेमी व्यक्तिहरुको सहयोगमा जिल्ला व्याड्मिन्टन संघले कवर्डहल निर्माण गर्दै आएको हो ।

ट्रष्ट लगाईसकेपछि टिनको छानो र बेराधेरा गरी कवर्डहल तयार गरिने निर्माण समितिका अध्यक्षसमेत रहेका संघका अध्यक्ष राजेश कार्कीले बताउनुभयो । यसअधि नै कवर्डहलको तल्लो भागमा गाह्रो लगाउने, सम्याउने काम भइसकेको छ । कवर्डहल निर्माणका लागि खेलकुद परिषदबाट ५ लाख, जिल्ला समन्वय समितिबाट ३ लाख र अन्य विशिष्ट, बरिष्ठ र आजीवन सदस्यता शुल्कवापत संकलन गरेर आर्थिक जुटाउने काम भइरहेको निर्माण समितिका सचिव दिपक राईले पूर्णपुष्टिलाई बताउनुभयो ।

प्रतिक्रिया

%d bloggers like this: